‘झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’ सुरु, पालिकास्तरीय उत्सवको रुपमा मनाइने

माघ ९, २०८२ मा प्रकाशित | 215 views


नुवाकोट । बेलकोटगढी नगरपालिकाको आयोजनामा ‘दशौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’ बिहीबारदेखि सुरु भएको छ । महादेव मावि कोल्पुटारले सुरु गरेर वडा नं ५ को कार्यालयहुदैँ यसवर्षदेखि पालिकास्तरीय पर्वको रुपमा नगरपालिकाको आयोजनामा विविध कार्यक्रमको साथ तीन दिनसम्म उत्सवको रुपमा ‘झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’ सञ्चालनमा ल्याइएको हो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको सभाध्यक्ष आयोजक बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङ हुनुहुन्छ । उद्घाटन समारोहको प्रमुख अतिथी बागमती प्रदेसका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।

‘झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’मा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विभिन्न सात शिर्षकको दश विधामा प्रतिस्पर्धाको लागी धावक एंव खेलाडीहरुले नामा दर्ता गरिसकेका छन् ।

प्रतियोगितामा स्थानीय बालबालिकाको प्रतिभालाई प्रष्फुटनका लागी ४ दशमलव ५ किलोमिटर दुरीमा बेलकोटगढी भित्रका विद्यालयमा अध्ययनरत १६ वर्ष मुनिका छात्र÷छात्राहरुको प्रतियोगितालाई निरन्तरता दिइएको छ ।

यस्तै, बेलकोटगढीबासी ४५ वर्षमाथि स्थानीय पुरुषहरु (बा समूह) र आमाहरु (आमा समूह) विधामा ४ दशमलव ५ किलोमिटर दुरीमा प्रतिस्पर्धा गर्न लागिरहेका छन् । यही दुरी अन्तरगत देशभरका १८ वर्षमुनीका छात्रछात्राहरुले पनि प्रतिस्पर्धा गर्न पाउने विधा रहेको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

४ दशमलव ५ किलोमिटर दुरीमा स्थानीय छात्राछात्र, बा र आमा समूह र देशभरका छात्रछात्राहरुको समेत सहभागितामा चार शिर्षकमा ६ बिधामा प्रतिस्पर्धा गराउन लागिएको हो । ४ दशमलव ५ किलोमिटर दुरीको विधा अन्तरगत प्रत्येक समूहबाट प्रथम हुने १८ हजार नगद, दोश्रो हुनेले १२ हजार नगद र तेश्रो हुनेले ८ हजार नगद सहित सम्मान पत्र प्राप्त गर्ने उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसैगरी, १३ दशमलव ४ किलोमिटर दौडको तीन शिर्षकको चार बिधामा प्रतिस्पर्धा गराउन लागिएको छ । यो दुरीमा देशभरका ४५ वर्ष माथी उमेर समूहका भेट्रान पुरुषहरु, बेलकोटगढी नगरबासी पुरुषहरु र देशभरका महिला र पुरुष धावकहरुले सहभागिता जनाउन लागिरहेका छन् ।

यही दुरी अन्तरगतको बिधामा प्रथम हुनेले २५ हजार, दोश्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार रुपैयाँ सहित सम्मान–पत्र प्राप्त गर्नसक्ने छन् । दौड मानव जिवनलाई स्वस्थ्य राख्न अनिवार्य अभ्यास भएपनि यस किसिमको प्रतियोगिता एकदम न्यून हुने भएकाले बेलकोटगढी नगरपालिकाले पालिकास्तरीय पर्व, उत्सव एंव नगरको गौरवको रुपमा सञ्चालन गर्न लागिएको नगरप्रमुख जगतबहादुर गुरुङको भनाई छ ।

“विगतका वर्षमा सञ्चालन गरिएको प्रतियोगिताबाट सकारात्मक सन्देश प्रवाह हुदै आएकाले यसलाई थप बृहत्तर बनाई पालिकास्तरका विद्यार्थी छात्राछात्रहरुबाट धावक उत्पादन गर्ने, आमा समूहलाई प्रतिस्पर्धा गराई उहाँहरुको आत्मविश्वास, महिला शसक्तिकरण, समाजका सार्वजनिक कार्यक्रममा सहभागिता बढाउने लक्ष्य लिइएको छ ।” नगरप्रमुख गुरुङले भन्नुभयो “देभरका धावकलाई प्रतिस्पर्धाका लागी झिल्टुङ्गमा भित्र्याएर राष्ट्रियस्तरको खेल क्षेत्रको प्रर्बद्धन सहित झिल्टुमा परिवेश, याहाँको जीवनशैली, पर्यटन एं धार्मिकस्थलको प्रचारप्रसारमा जोड दिने लक्ष्य लिइएको छ ।”

प्रतियोगिता मार्फत बेलकोटगढीको चिम्टेश्वर महादेव मन्दिर, बेलकोटको निरञ्जना भगवती मन्दिर, दुईपिपलको कुमारीमाई मन्दिर, गणेशस्थान मन्दिर, कुमारीमा नवनिर्माण गरिएको सहिद पार्क, कुञ्जिनीपार्क (लक्ष्मीप्रसाद देवकोटा), झिल्ुटङ्गको लाखे लगायतको महत्व, गरिमा र यसको प्रचारप्रसारलाई प्रमुख रुपमा समेटिएको छ ।

राष्ट्रियस्तरमा समेत प्रख्यात हुदै आएको झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितालाई पालिकास्तरीय उत्सवका रुपमा बिहीबार आयोजित उद्घाटन समारोहमा बेलकोटगढी नगरपालिकाको प्रमुख उपप्रमुख सहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, पालिका र वडामा सेवा दिदै आएका कर्मचारीहरु, स्थानीय विभिन्न विद्यालय, सामाजिक संघसस्था, क्लब समूह, सहकारी सँस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहदेखि समापन समापन समारोहसम्मका गतिविधिमा चर्चित कलाकारहरु किरण भुजेल, सरोज लामिछाने, प्रतिमा अर्याल, प्रदिप रोक्का, स्मृति गौतम, सिता सुवेदी, भिमसेन खतिवडा, शारदा रसाइली, लक्ष्मी दर्लान, तिर्सना बराइली, सबिता ढुङ्गाना लगायतको प्रस्तुती समेत समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web