सञ्चारकर्मी शिलुले कम्मर भाँचेर नाचौं भन्दै नाच्न थालेपछि (भिडियो सहित)

साउन २८, २०७३ मा प्रकाशित | 4688 views

काठमाडौं । पछिल्लो समय नेपाली सञ्चारकर्मीहरुको गीत संगीतप्रतिको मोह बढ्दोछ । यसैक्रममा पछिल्लोपटक रेडियोकर्मी शिलु अधिकारी पनि आफ्नो स्वरमा रहेको गीत लिएर दर्शक र श्रोता माझ आएकी छिन् ।

उनले पहिलो गीतका रुपमा लोकआधुनिक शैलीमा आधारित लौ नाचौं बोलको गीतको म्यूजिक भिडियो तयार पारेकी छिन् । नेपाली हिन्दू नारीहरुको पर्व तीजको सन्दर्भ पारेर रिलिज गरिएको यस गीतको म्यूजिक भिडियोलाई तीजकै रंगमा तयार पारिएको छ ।

झण्डै एक दशक भन्दा लामो समयदेखि रेडियो प्रस्तोताका रुपमा कार्य गर्दै आएकी गायिका शिलु हाल रेडियो अन्नपूर्ण नेपालसँग आबद्ध छिन् ।

आउँ नाचौं बोलको यो गीतमा शब्द दीपेन्द्र दोङ तामाङको,संगीत विश्व दोङको रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन छ ।

यो गीतको म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने मुकेश हुमागाइँको छायाँकन र पवन सिंखडाको सम्पादन छ ।

म्यूजिक भिडियोमा गीता गिरि मधिकर्मी र गायिका शिलु आफैंले नृत्य गरेका छन्  । यो गीतको म्यूजिक भिडियो विभिन्न टेलिभिजन च्यानलहरुमा बज्न थालिसकेको छ भने चाँडै नै म्यूजिक नेपाल मार्फत यूट्युव च्यानलमा समेत सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web