दुप्चेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मंसिर १५, २०८२ मा प्रकाशित | 319 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ स्थित ऐतिहासिक धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमा पर्वको अवसरमा लागेको जात्रामा सहभागी भक्तजनहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिने भएको छ।

नेपाली सेनाको श्री शेर गण, नुवाकोटको समन्वयमा यही मंसिर १६ र १७ गते दुई दिनसम्म स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी प्रमुख सेनानी तथा गणपति अशोककुमार मल्लले दिनुभयो । उहाँको अनुसार शिविरमा साधारण स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह परीक्षण, मानसिक स्वास्थ्य परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिने छ।

शिविरले जात्रामा आउने तीर्थालु भक्तजनहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। शिविर सञ्चालनमा श्री नं १ सैन्य तालिम केन्द्र त्रिशूली, श्री नं ६ फिल्ड एम्बुलेन्स गुल्म, स्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल, सापकोटा पालिक्लिनिक एण्ड मेडिकल हल बट्टार र सम्मान मेडिकल बट्टारको सहकार्य रहनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web