विदुर-३ स्थित प्रगतिशील माविमा नविन कोइराला फाउण्डेसनको सहयोगमा न्यानो कपडा वितरण

मंसिर ८, २०८२ मा प्रकाशित | 176 views


नुवाकोट । नविन कोइराला फाउण्डेसन (अमेरिका) को सौजन्यमा नुवाकोटको विदुर नगरपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालय, खङ्गभञ्याङमा विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत बालकक्षा देखि कक्षा १२ सम्मका २९३ जना विद्यार्थी र १९ जना शिक्षकलाई विद्यालयको नाम अंकित ट्रयाकसुट प्रदान गरिएको विद्यालयका शिक्षक शान्ति रिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष बद्री रिमाल प्रमुख अतिथि रहनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा रिमालको सभापतित्व रहेको थियो । साथै कार्यक्रममा फाउण्डेसनका पदाधिकारीहरू, भूमि समस्या समाधान आयोग नुवाकोटका निवर्तमान सदस्य माधव रिजाल, रणभूवनेश्वर क्याम्पसका प्रमुख आर.पी. रिमाल लगायतका शिक्षाप्रेमी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

फाउण्डेसनले यसअघि विदुर–१३ हर्कपुरस्थित कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web