एसएसपी विश्व अधिकारी डीआईजी बढुवा सिफारिस

मंसिर १, २०८२ मा प्रकाशित | 200 views


काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web