निर्वाचन आयोगमा आजसम्म १ सय २२ दल दर्ता, २८ वटा दर्ता प्रक्रियामा

कार्तिक ३०, २०८२ मा प्रकाशित | 214 views


काठमाडौँ । निर्वाचनमा आयोगमा आजसम्म १ सय २२ वटा दल कायम भएका छन् ।

फागुन २१ गतेका लागि चुनाव घोषणा हुने अघिल्लो दिनसम्म १ सय २२ वटा दल दर्ता थिए । त्यसपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन् । ६ वटा दल एकता प्रक्रियामा गएकाले र एउटा सर्वोच्च अदालतको आदेश अनुसार खारेज भएको हो । यस्तै २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि नयाँ दल दर्ताको निवेदन दिन आजसम्मको समय दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले चुनावमा सहभागि हुन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web