कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

अशोज ३१, २०८२ मा प्रकाशित
Published at अशोज ३१, २०८२

37 views

काठमाडौँ । कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.