साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

भदौ ११, २०८२ मा प्रकाशित | 254 views


काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फेरि पराजित भएको छ । यो हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ ।

भूटानको थिम्पुमा आज भएको खेलमा नेपाललाई बङ्गलादेशले ४–१ गोलले हरायो । बङ्गलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक र थुइनुए मार्माले १ गोल गरिन् । नेपालकी भूमिका बुढाथोकीले गोल गरिन् ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित हुँदा दोस्रो खेलमा भूटानलाई २–१ ले हराएको थियो ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भूटानसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web