शिखरवेशीबाट नक्कली नोटसहित दुई जना पक्राउ, ९३ थान नोट बरामद

साउन ८, २०८२ मा प्रकाशित | 599 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिकाबाट ठूलो संख्यामा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार साउन ६ गते साँझ करिब ५ बजे दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित रामती बजारमा ३/४ जना बालकहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा १००० दरका ६९ थान नक्कली नोट फेला पारेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा ती नोटहरू दुप्चेश्वर गाउँपालिका वडा नं. ७ का ४२ वर्षीय नर बहादुर तामाङ र भीम बहादुर तामाङले बनाएको खुलेपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भीम बहादुर तामाङको घरमा थप खोजतलासी गर्दा २४ थान नक्कली नोट फेला परेको थियो। यससँगै बरामद नक्कली नोटको संख्या ९३ पुगेको छ।

पक्राउ परेका दुवैजना विरुद्ध खोटा मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत, नुवाकोटबाट साउन ८ गते ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web