
नुवाकोट । ‘मातृशिशु वार्ड सहितको त्रिशूली अस्पताल भवन’ निर्माणको तयारी गरिएको छ । प्रस्तावित पाच तले भवन बनाउनको लागी करीब ७० करोड रुपैयाँ लाग्ने भएपनि अहिले तीन तले भवन निर्माण गर्ने र त्यसको लागी करीब ३७ करोड रुपैयाँ लागत सहितको प्रस्तावना त्रिशूली अस्पतालले बागमती प्रदेस सरकार समक्ष पेश गरेको छ ।
त्रिशूली अस्पतालको तर्फबाट अध्यक्ष उपेन्द्र बुढाथोकी, निर्देशक डा.राजेन्द्र लामा र अस्पताल टिमलाई निरन्तर साथ दिदै आएको विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले उक्त प्रस्तावको सम्बन्धमा बागमती प्रदेस स्वास्थ्य मन्त्रालयलाई प्रस्तुतीकरण गरिसकेकाले उक्त योजना कार्यान्वयनको लागी गर्नुपर्ने सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ ।
उक्त सार्वजनिक सुनुवाईमा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले अस्तपालको सेवा सुधारको लागी नगरपालिकाबाट आवश्यकता अनुसारको औषधि र जनशक्ति सहयोग भइरहेको र छिट्टै टेलिमेडिसिन सेवा सञ्चालन गर्न र नर्सिङ अध्ययनको लागी पनि आवश्यक पूर्वाधार एंव उपकरण सहयोगको समझदारी भए अनुसार सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।
उपप्रमुख प्रभा बोगटीले अस्पतालले दिने सेवालाई आगामी दिनमा थप सुधार गर्दै बिरामीलाई उत्कृष्ट सेवा पु¥याउनलाई केन्द्रित रहन सुझाब दिनुभयो ।
दिएको जानकारी अनुसार अहिले अस्पतालको नयाँ भवन भएको परिसरमा थप सुविधासम्पन्न मातृशिशु वार्डको लागी नयाँ भवन बनाउन लागिएको हो । उक्त भवनमा मातृशिशु उपचारको लागी आवश्यक सम्पूर्ण संरचना समावेश हुने गरेर डिजाइन तयार गरिएको डिपिआर तयार गर्ने ईञ्जिनिर सुरज लामाले जानकारी दिनुभयो ।

प्रस्तावित मातृशिशु वार्ड सहितको त्रिशूली अस्पतालको नयाँ भवनको डिजाइन
वातावरण विज्ञ सरोज नेपालले अस्पतला निर्माणको क्रममा उत्पन्न हुने वातावरणीय प्रभाव सकेसम्म पर्न नदिनको लागी सचेत रहनुपर्ने र कहीँकतै केही देखिएमा तत्कालै समाधानको विकल्प सहितको सुझाबहरु तयार गरिएको जानकारी दिनुभयो ।
अस्पतालको डिपिआर तयार भएर बजेट कार्यान्वयनको लागी सार्वजनिक सुनुवाई अनिवार्य भएकाले बागमती प्रदेस सरकारले असार १ मा ल्याउन लागेको बजेटमा श्रोत सुनिश्चत हुने आशा सहित आजै सार्वजनिक सुनुवाई गरिएको हो ।

प्रस्तावित मातृशिशु वार्ड सहितको त्रिशूली अस्पतालको नयाँ भवनको डिजाइन
सार्वजनिक सुनुवाईमा विदुर नगरालिकाको प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, ९ नं अध्यक्ष हरेराम भण्डारी, समितिका पदाधिकारीहरु, अस्पतालका निर्देशक डा.राजेन्द्र लामा सहित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु स्थानीय समाजसेवी, व्यावसायी, उद्यमी तथा भद्रभलाद्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
22.12¡ÆC