सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

जेष्ठ २१, २०८२ मा प्रकाशित | 115 views


काठमाडौ ।सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ ताेलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web