प्रचण्ड प्रधानमन्त्री हुँदा कार्यकर्ताले दिपावली मनाए

साउन १९, २०७३ मा प्रकाशित | 632 views

१९ साउन, चितवन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री भएको खुसीयालीमा उहाँको गृह जिल्ला चितवनमा आज साँझ कार्यकर्ताहरुले दिपावली गरेका छन् ।

आज साँझ सातबजे चितवनका विभिन्न तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरी मैनवत्ती बालेर दिपावली गरिएको हो ।

चितवनको भरतपुरमा माओवादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम खरेल, प्रचण्डको गाउँ शिवनगरमा केन्द्रिय नेता घनश्याम दाहाल, अविनास र पुर्वी चितवनको रत्ननगरमा जिल्ला नेता रामध्वज डल्लाकोटीको नेतृत्वमा दिपावली गरिएको जिल्ला नेतृ निशा भट्टराईले जानकारी दिनुभयो ।

शिवनगर नवनियुक्त प्रधानमन्त्री दाहालको आफ्नै गाउँ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web