
विदुर । नुवाकोटको विदुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिकाको लागी सिफारिस गरिएको छ । बिहीबार आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा’ कार्यक्रम पश्चात पालिका घोषणाको लागी जिल्ला खोप समन्वय समिति समक्ष सिफारिस गरिएको हो ।
विदुर नगरपालिकालाई ६ वर्ष अघि नै पूर्ण खोपयुक्त पालिका घोषणा गरिसकेकाले बिहीबार विदुरका उप्रमुख प्रभा बोगटीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नुभयो ।
विदुर खोप समन्वय समितिको तथ्याङ्क अनुसार विदुर नगरपालिकामा भित्र १५ महिना भित्रका ४७३ जना सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएको तथ्याङ्कको आधारमा उपप्रमुख प्रभा बोगटीले विदुर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा’ गर्नुभयो ।
उक्त अवसरमा वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, २ का अध्यक्ष दिपक कायस्थ, ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, ११ का अध्यक्ष बाबुराम तामाङ, विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारी सहित शाखाको कर्मचारीहरु, प्रत्येक स्वास्थ्य केन्द्रबाट प्रमुख सहित स्वास्थ्यकर्मीहरु, विद्यालय नर्स, महिला स्वास्थ्य स्वंयमसेविका लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा वडालाई पूर्ण खोपयुक्त पालिका घोषणाको लागी योगदान पुराए बापत वडास्तरमा रहेका प्रत्येक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य सेवा प्रदायक सँस्थालाई सम्मान समेत गरिएको थियो ।
21.12¡ÆC