सुनको भाउ एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढ्यो

जेष्ठ ७, २०८२ मा प्रकाशित | 350 views


काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार रुपैयाँले बढेर एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web