<p>पप्पु गुरुङ्, १८ साउन / दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीको मलेरिया नालामा काठे पुल भत्किदा स्थानियहरुलाई आवत जावत गर्न सास्ती भएको छ् । गृह मन्त्रालय र युएनडिपीको साझेदारीमा सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा गठित सामाजिक सुरक्षा समितिले निमार्ण गरेको हिउदे पुल केहि दिन अघि नालामा आएको बाढीले क्षतिग्रस्त बनाईदिए पछि स्थानियहरुलाई आवत जावत गर्न समस्या पर्दै आएको हो । सामाजिक सुरक्षा समिति द्धारा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, मलेरियानालामा स्थानिय श्रोत साधन परिचालन गरेर ४ फिट चौडो र करिब २५ मिटर लामो काठको पुल निमार्ण गरिएको थियो । पुल निमार्ण पछि दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ४, ५ र ६ का स्थानियहहरु प्रत्यक्ष लाभान्भित हुदै आएपनि अहिले पुल भत्किदा निकै असहज बन्दै गएको स्थानिय निरु देबीले बताईन् । दैनिक करिव २ हजार भन्दा बढी बिद्यार्थी लगाएत स्थानिय उक्त पुलबाट आवत जावत गर्दै आएका थिए । पुल भत्किदा निकै कष्ट गरि नाला वारपार गर्नु परेको बताईएको छ् । सर्वपक्षिय सयन्त्रले २ दिन अघि क्षतिग्रस्त काठे पुलको निरिक्षण समेत गरेको नेकपा (एमाले का जिल्ला सदस्य राजिव खड्काले बताउनुभएको छ् । <br><br><br></p>
20.87¡ÆC