मानसरोबरमा फहराउन विदुरका नगर प्रमुखबाट नेपालको झण्डा प्रदान

बैशाख २७, २०८२ मा प्रकाशित | 314 views


नुवाकोट । चीनमा रहेको प्रसिद्ध मानसरोबर तिर्थयात्रामा विदुर नगरपालिकाले पठाएको नेपालको राष्ट्रिय झण्डा फहराउने भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरु सुरज बैध र कुशकुमार जोशी, पूर्व कोषाध्यक्ष महेन्द्रलाल प्रधान सहित विभिन्न जिल्लाका ६० जना उद्योग ब्यवसायीहरु नुवाकोट हदै त्यसतर्फ जाने क्रममा उहाँहरुलाई विदुरका नगरप्रमुख राजन श्रेष्ठले यहाँ स्वागत गर्दै मानसरोबरमा फहराउनको लागी नेपालको झण्डा प्रदान गर्नुभयो ।

विदुरका नगरप्रमुख श्रेष्ठले आफू जनप्रतिनिधि हुनु अघि उद्योग बाणिज्य संघको जिल्ला अध्यक्ष, महासंघको दुई कार्यकाल केन्द्रीय सदस्य भएर पूरा गरेको जिम्मेवारीले विदुरमा सोही अनुसार निजी क्षेत्रको विकास, आर्थिक समृद्धिको लागी उद्योग कलकारखाना निर्माण र सञ्चालनको वातावरण तयार गर्ने गरेर काम गर्दै आइरहेको बताउनुभयो ।

उहाँले महासंघको केन्द्रिय टोलीलाई विदुर नगरपालिकाले अवलम्वन गरेको नीति तथा कार्यक्रम र त्यसमा समावेश गरिएको निजी क्षेत्रसंगको सहकार्यको सम्बन्धमा जानकारी गराउदै विदुरलाई ‘नमूना नगर’को रुपमा निर्माणको लागी आफू सक्रिय रहेको उल्लेख गर्नुभयो ।

मानसरोबारको भ्रमण पश्चात फर्कने क्रममा विदुर नगरपालिका सहित नुवाकोट जिल्लाको मुख्य-मुख्य धार्मिक, साँस्कृतिक एंव पर्यटकीय क्षेत्रको भ्रमण गर्नको लागी नगरप्रमुख श्रेष्ठले महासंघको टोलीलाई आग्रह गर्नुभयो ।

भ्रमणको साथमा नुवाकोटमा सम्भावित उद्योग एंव कलकारखाना निर्माणको लागी पनि उहाँले ध्यानाकर्षण गराउदै स्थानीय सरकारको रुपमा आफ्नो तर्फबाट आवश्यक सहयोगका प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रम पश्चात उहाँहरुको टोली मानसरोबरको लागी आजै रसुवाहुदैँ त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web