एम.आई.ब्राण्डको रेडमी मोवाईल खरिदमा दुई बर्षको वारेन्टी

बैशाख ९, २०८२ मा प्रकाशित | 368 views


नुवाकोट । ‘खुसीको ग्यारेन्टी :२ बर्षको वारेन्टी’ नाराको साथ रेडमी मोवाईल ए ५ सेट बैशाख ९ गते मंगलवारबाट नुवाकोटको बजारमा आएको छ । नेपालको लागी नेशनल डिस्ट्रब्युटर्स टेली डाइरेट प्राली अन्तरगत नुवाकोट र रसुवा जिल्लाको आधिकारिक विक्रेता (डिलर) लिजा मोबाइल सेन्टरले रेडमी मोवाईल ए ५ बजारमा सार्वजनिक गरेको हो ।

नुवाकोट जिल्लामा रहेको मोवाईल ब्यवासायीहरु बीच कम्पनीका प्रतिनिधि राम महर्जनको उपस्थितीमा लिजा मोवाईल सेन्टर बट्टारका सञ्चालक गोकुल श्रेष्ठले केक काटेर रेडमीको ए ५ सेट लन्च गरिएको हो ।

नेपालमै पहिलो पटक ‘एम आई’ ब्राण्डले आफ्नो मोवाईल सेटमा दुई बर्षको वारेन्टी सहित ग्राहकलाई धेरै सुविधाहरु ल्याएको लिजा मोवाईल सेन्टर, बट्टार नुवाकोटका संचालक गोकुल श्रेष्ठले जानकारी दिनुभयो । नेपालमै सबैभन्दा धेरै बिक्री हुने यो ब्राण्ड (रेडमी) को मोवाईलमा थप अन्य धेरै सुविधा सहितको सहुलियत शुल्कमा आकर्षक मोबाइलहरु कम्पनीले बजारमा ल्याएको श्रेष्ठको भनाई छ ।

“हामीले ग्राहकको चाहना अनुसारको सेवा सुविधाहरु थप विस्तार सहितका मोबाइल सेटहरु उपलब्ध गराउदै आइरहेको छौ ।” लिजा मोवाईल सेन्टरका सञ्चालक गोकुल श्रेष्ठले भन्नुभयो “दुई बर्षको वारेन्टी सहित ल्याएको रेडमी मोवाईल ए ५ ले धेरै उपभोक्ताको विश्वास जित्ने आशा छ ।”

यो रेडमीको ए ५ तीन कलरमा उपलब्ध छ । रेडमी ए ५ सेट तीन रङ्ग कालो, निलो र गोल्डेन कलरमा उपलब्ध भएकाले अहिलेका युवा पुस्तादेखि सबैको लागी रोजाइमा पर्ने विश्वास लिइएको छ । तिनवटै कलरको नयाँ सेट आजबाट एम आई ब्राण्डले नुवाकोटको आधिकारिक बिक्रेता लिजा मोवाईल सेन्टर बट्टार नुवाकोट मार्फत जिल्लाभर सहजै उपलब्ध गराएको छ ।

मोवाइलको बिक्रि सहित यसका सम्पुर्ण पार्टहरु नुवाकोट जिल्लाभर नै उपलब्ध हुने हुदाँ ग्राहकलाई मोबाइल खरिद र खरिद पश्चात पनि दिगो रुपमा कुनै समस्या हुन नदिने लिजा मोवाईल सेन्टर बट्टारले विश्वास दिलाएको छ ।

रेडमी ए ५ सेटमा ३२ मेगा पिक्सलको क्यामेरा रहेको छ । ३–६४ जिबी सेटको मूल्य १०,९९९ र ४– १२८ जिबी सेटको मूल्य ११,९९९ तोकिएको छ ।

रेडमी मोवाईल ए ५ सेट सार्वजनिकको क्रममा आयोजित कार्यक्रमको तस्बिरहरु :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web