काठमाडौं,साउन १६ । डा.गोविन्द केसीका समर्थकहरुले सम्पत्ति छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह काकी विरुद्ध अख्तियारमा उजुरी गरेका छन् । केसीका समर्थकहरुले आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पत्ति छानबिनको माग गर्दै निवेदन दर्ता गराएका छन् ।

केसीका समर्थकहरुले टंगालस्थित अख्तियार कार्यालय पुगेर सो उजुरी दर्ता गराएका हुन् । उनीहरुले सार्वजनिक महत्वको पद धारण गरेका सबैले सम्पत्ति सार्वजनिक गर्नुपर्ने नियम भएपनि कार्कीले त्यसो नगरेको भन्दै तत्काल सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् ।

16.6¡ÆC