<p>पप्पु गुरुङ्, १६ साउन, दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका – १० कुतियाकवरका माया देबि सुनार राति नसुतेको झण्डै एक साता बितिसकेको छ । एक साता देखि उनी हरेक राति आफ्नै गाउँ बग्ने डरले ब्युझै रहन्छन् । बिहानको मिरमिरेमा उनी सुत्छन् । जब महिला र बालबालिका जाग्छन् उनी उनको सुत्ने पालो आउाछ । असारको अन्तिम साता देखि लगातार परिरहेको पानीका कारण महाकाली र जगबुडा नदीको जल सतह बढे पछि उनीको निन्द्राका देबिले छाडेर गएका हुन् । उनी मात्रै होइनन् दोधारा चाँदनी नगरपालिका – १० कुतियाकवरका दर्जनौं स्थानियहरु हरेक राति जाग्राम बसेर आफ्नो बाँकी रहेको जमिन कटान भएको हेरिरहन्छन् । कुतियाकवरका स्थानियहरु मात्र होइन् महाकाली र जगबुडा नदी किनाराका झण्डै ७ दर्जन गाउँका स्थानियहरुको पनि एक साता देखि एउटै दिन चर्या छ् – राति जाग्ने र दिउसो भए पछि सुत्ने । “सुन्दर गाउँ बिहान उठ्दा बगरमा परिणत हुन्छ कि भन्ने त्रास छ् ,” सथानिय खड्के बुढाले भने, “कति बेला काहा बगाउने हो ठेगान नै नभएपछि सर्वसाधारण रातभरी जाग्राम बस्ने गरेका छौं ” महाकाली र जगबुडा नदीको दोभानमा बस्दै आएका ४० घरधुरीको रातभरीको जगजगी यस्तो छ् । नदीले बर्षेनी जमिन कटान गर्ने गरेको छ् । दोधारा चाँदनीका तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरु रातभर कति बेला खोला बढ्ने हो भनेर जाग्राम बस्ने गरेका छन् । “श्रीमती छोराछोरीलाई सुत्न लगाएर आफूहरु रातभरी नदी कटानको रेखदेख गरिरहेका छौं,” दोधारा चाँदनी कुतियाकवरका गग्न खत्रीले भने, “महाकाली र जगबुडा नदीले वर्षायाममा ठूलै कटान गरिरहेको छ् ।” “महाकालीको कटानले कुन परिवारै लैजाने हो भन्ने चिन्ताले पनि जाग्राम बस्नु पर्ने हुन्छ् । ” बिगतमा दोधारा चाँदनी प्रधान टोलका उब्जाउ भूमीपनि अहिले बगरमा परिणत भइसकेको छ । “एकातिर महाकाली नदी र अर्को तिर जगबुडा नदीले बर्षे कटान गरिरहेको छ,” स्थानिय तथा शिक्षक टंकलाल जोशीले भने । ठाउँ ठाउँबाट हरेक वर्ष हुने कटानले बस्ती बिस्थापित हुने डर बढिरहेको छ । दोधारा चाँदनी नगरपालिका – १० कुतियाकवर, बैतिफाँटा, शान्तिटोल, १८ नम्वर पिल्लर गाँउ पुरै बाढीबाट प्रभावित छ । यस्तै दोधारा चाँदनीको सुन्दरनगर, कञ्चनभोज, प्रधानटोल, बडुवाल टोल, लठ्ठाघाट, स्याउली बजार क्षेत्र पनि बाढीको जोखिममा रहेका बस्तीहरु हुन् । बर्षा शुरु हुने बित्तिकै यो क्षेत्रमा आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपका लागि जिल्ला स्तरमा ठूलो तयारी शुरु हुन्छ । “१० वर्ष यता दर्जनको घरबार बिस्तापित भइसकेको छन् ।” दोधारा चाँदनी राजनितिककर्मी राजिब खड्काले भने, “बर्षा भएको दिन रातभरी जाग्राम बस्नु पर्ने बाध्यता हो ।” राज्यले जति लगानी गर्यो त्यती नै बढी बस्ती बिस्थापित हुने क्रम बढेको छ । जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रबाट यो क्षेत्रमा दोधारा चाँदनीका नदी नियन्त्रणका लागि पांच बर्ष यता मात्र अर्वौ भन्दा बढी खर्च भईसकेको तथ्यांकले देखाएको छ । तर स्थानियहरु डरले रातभरी बाढीले कत्तिको बेला घर खेत बगाएर लग्ने हो भन्ने डर कायमै रहेको छ् । <br><br><br></p>
15.51¡ÆC