पर्वतमा प्रहरी आतंक,प्रहरीविरुद्ध उद्योगपति र व्यवसायीहरु एकजुट

साउन १६, २०७३ मा प्रकाशित | 7581 views

पर्वत,साउन १६ । आफूलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अत्यन्त प्रिय बताउने डिएसपी गंगा पन्तले पर्वत जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुलाई सताउने थालेपछि जिल्लामा उनका विरुद्ध उद्योगपति र व्यवसायीहरु एकजुट भएका छन् ।  विभिन्न उद्योगमा आफ्ना मानिस पठाएर अवैध तरिकाले पाइदा लिने प्रवृत्तिकी डिएसपी पन्तले स्थानीय क्रसर व्यवसायी लगायतलाई दुःख दिएपछि पर्वत जिल्लावासीमा उनीप्रति अत्यन्त ठूलो आक्रोश फैलिन थालेको छ ।  यसैबीच नाङ्लीवाङ गाविस वडा नं. ९ लस्तीमा रहेको ॐश्री दक्षिणकाली क्रसर उद्योगमा पटकपटक हस्तक्षेप गरेर प्रहरी नायव उपरिक्षक गंगा पन्तले कहिले गुुडिरहेका गाडी कव्जामा लिने, कहिले कारखानाका मालिक र मजदुरहरुलाई सताउने गरेको पाइएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बाग्लुङ–जोमसोम सडकको स्तरोन्नतिलगायत नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुमा ढुंगा, बालुवा, गिटी आदि सप्लाइ गरेर नियमपूर्वक राजस्व तिर्दै आएको दक्षिणकाली क्रसर उद्योगमा डिएसपी पन्तले धेरै पटक दुःख दिएपछि उद्योगपति विप्लव हमालले विभिन्न मन्त्रालयमा समेत उजुरी दिएको बुझिएको छ । असार २५ गते मध्यरातमा आफ्नो उद्योग भित्र गैरकानूनी ढंगले प्रवेश गरी मजदुर र गाडीलाई कव्जामा लिएर डिएसपी पन्तले पदीय मर्यादा एवं दायित्वको समेत दुरुपयोग गर्दै जथाभावी गरेपछि पुनरावेदन अदालत वाग्लुङमा निवेदन दिइ बन्दी प्रत्यक्षीकरण आदेशबाट आफ्ना मजदुरहरु रिहा गराएको हमालले बताएका छन् ।  उनले आप्mनो र आफ्ना मातहतका कर्मचारी तथा मजदुर एव उद्योगको र त्यस अन्तर्गत रहेका सम्पूर्ण चलअचल सम्पत्तिको रक्षा गरि पाउ भन्दै मन्त्रालयहरुमा निवेदन दिएको उद्योग निकट सुत्रले जनाएको छ ।

डिएसपी पन्तले कानून उल्लंघन गरेको कुरा पुनरावेदन अदालतको आदेश निषेधाज्ञालगायतका आदेशबाट पनि पुष्टि हुन्छ भन्दै सुत्रले प्रहरीको वर्दीको आडमा कानून र मानवअधिकारको समेत घोर उल्लंघन भइरहेकाले निज माथि प्रहरी प्रधान कार्यालयको ध्यान जानुपर्ने जनाएको छ । प्रहरी महानिरीक्षकको मात्र होइन, नेपाल प्रहरीकै बद्नाम हुने काम भइरहँदा पनि उनी माथि कारवाही नहुनु रहस्यको विषय भएको पीडितहरुको गुनसाो छ ।

डिएसपी गंगा पन्तले आफू पहुँचवाला राजनीतिक व्यक्तिहरुको निकट भएको दावी गर्दै कसैले केही गर्न नसक्ने  धाक लगाउने गरेको स्थानीयहरु बताउँछन् । उद्योगका स्काभेटर, ट्रिपरलगायतका सवारी साधन कब्जामा लिनेदेखि लिएर उद्योगपति तथा मजदुरहरुलाई समेत विना कारण थर्काउने र सताउने गरेको घटनाले धौलागिरी अञ्चलका विभिन्न निर्माण व्यवसायीदेखि क्रसर उद्योगी समेत क्रुद्ध बनेका छन् । २०÷२५ जनाको प्रहरी टोली पठाएर डिएसपी सापको आदेश भन्दै चन्दा माग्ने र मागे जति पैसा नदिए थुनिदिने वा जे पनि गर्न सक्छौं भन्दै दुःख दिने गरेको पीडितहरुले बताएका छन् ।

पर्वत जिल्लामा एक वर्ष पहिले प्रहरी प्रमुखको भूमिकामा आएकी प्रहरी नायव उपरिक्षक पन्त जिल्लामा आएपछि क्रसर व्यवसायीहरुले हैरानी खेपेको घटनालाई लिएर उद्योगपतिहरुले पटकपटक वैठक गरी स्थानीय प्रशासनलाई समेत जानकारी गराएका छन् । तर डिएसपी पन्तले विभिन्न व्यक्तिलाई थर्काएर लाखौ रुपैयाँ उठाउने गरेका घटनाप्रति प्रशासन मौन देखिएको छ भने प्रहरी प्रधान कार्यालयले समेत यस विषयमा चासो नराख्दा स्थानीय जनतामा प्रहरीप्रति नै घृणा बढ्न थालेको पीडितहरु बताउँछन् ।

सरकारले जनताले सुशासनको अनुभूति दिने आश्वासन दिएपनि स्थानीय तहमा एउटै व्यक्तिले धेरै निर्दोषहरुलाई सताइरहदा पनि प्रहरी प्रधान कार्यालयले त्यस्ता व्यक्तिमाथि किन कारवाही गर्दैन, रहस्यको विषय बनेको छ । नेपाल प्रहरीले ‘मुस्कानसहितको सेवा’ र ‘प्रहरी हाम्रो साथी’ लगायतका कार्यक्रमको प्रचार गरेपनि व्यवहारमा तालमेल भएको देखिदैन । निर्दोष सर्वसाधारणलाई दुःख दिएर प्रहरीको छवि स्वच्छ नहुने हुँदा यस विषय प्रहरी महानिरीक्षकले नै उपयुक्त कदम चाल्नु अत्यावश्यक भएको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web