नेपाल सुपर लिगमा झापा र काठमाण्डौको गोलरहित बराबरी

चैत्र २२, २०८१ मा प्रकाशित | 256 views


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क पुर्‍याएका छन् ।

जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि काठमण्डौले ललितपुर सिटी एफसीसँगको खेलमा २–२ गोलको बराबरी खेलेको थियो । झापाले भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web