विदुर । प्रदेस सरकार मार्फत गरिएको एम्बुलेन्स भाडादर प्रति नुवाकोटका एम्बुलेन्स चालकहरुले आपत्ति जनाएका छन् । जिल्ला स्थित नियमन निकायको सिफारिसमा बागमती प्रदेस सरकारले हालै निर्धारण गरेको भाडा कम भएको भन्दै समयसान्दर्भिक रुपमा भाडा बढाउनु पर्ने माग सहित नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई बिहीबार नुवाकोट एम्बुलेन्स चालक संघले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा नुवाकोट सहित यस आसपासमा पर्ने जिल्लाहरुमा विभिन्न दुःख, विपद्, दुर्घटना, महामारीजस्ता संकटका समयमा एम्बुलेन्स चालकहरूले आफ्नो जिवन ज्यानको प्रवाह नगरी दिन, रात, गर्मी, जाडो, पहिरो नभनी जनताको जिउधनको सुरक्षा, समयमा उपचारको व्यवस्था गर्न अहोरात्र खटिएर पुराएको योगदानको स्मरण गराउदै बैज्ञानिक भाडादर कायम नभएको भन्दै नुवाकोटका एम्बुलेन्स चालकहरुले आपत्ति जनाएका छन् ।
एम्बुलेन्स व्यावसायी तथा चालकहरूका पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि जिल्ला भित्र चल्ने गाडीहरूको भाडा व्यवस्थित गर्न नियमनकारी क्षेत्र मातहतका सम्बन्धित निकायले रू. ६००० (छ हजार रुपैयाँ) भन्दा बढी तयारी गरिएको भाडादरको सूची मिति २०७९ असार २ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत सम्बन्धित निकायलाई बुझाइसकेको तर, पेट्रोलियम पदार्थको एक्कासि १५/१५ दिनमा हुने मूल्य वृद्धिका कारण मूल्य वृद्धिको असर सर्वसाधारण जनताले नै भोगिरहेको अवस्था रहेको संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै, हालसम्म सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन प्रदेश सरकारमार्फत गरिसकेको अवस्थामा, सार्वजनिक सवारी साधनको भाडा बढाउनुपर्ने माग प्रशासनसमक्ष पुगेको छ। हाम्रो एम्बुलेन्स व्यवसायी समिति नुवाकोटको गत माघ ८ को निर्णयानुसार एम्बुलेन्स भाडा दर प्रति किलोमिटर वृद्धि गर्नुपर्ने माग राखेको जिल्ला अध्यक्ष दिपक भुजेलले बताउनुभयो । तर, संघले दिएको सुझाब तथा राखेको मागलाई वेवास्था गर्दै यही फागुन २ गते प्रकाशित गरिएको नयाँ भाडादर प्रति संघले गम्भीर आपत्ति जनाएको हो । उक्त भाडादर तत्कालै सच्याउनको लागी माग गरिएको छ ।
उहाँको अनुसार राज्य संग बिपत्तिमा हातेमालो गर्ने हामी एम्बुलेन्स चालक, त्यसका सञ्चालकहरू, पारिवारिक अवस्थाका अभिभावक, बैंकको ऋणमा लटपटिएका व्यवसायी, मर्मत–सम्भारको महँगी, मिटर ब्याजको असर, सवारी साधनका पार्टपुर्जाको मूल्य वृद्धिले गर्दा थप आर्थिक भार परेकोले नयाँ भाडादर कायम गरिनुपर्ने माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालय, वागमती प्रदेश, हेटौंडा र जनस्वास्थ्य कार्यालय, नुवाकोटलाई पनि दिइएको छ । ज्ञापन पत्रमा उठाएका विषय केही सकारात्मक भएकाले सम्बन्धित समितिमा छलफल अघि बढाउने नुवाकोटका प्रमुख जिल्ला अधिकार रामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
यसअघि कायम रहेको भाडादर यस्तो छ :

हाल निर्धारण गरेको भाडादर यस्तो छ :


प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्र यस्तो छ :

14.67¡ÆC