बिरामीलाई सेवा दिदै आएको अस्पतालमा प्रशासनको ‘डढिया’

फाल्गुन २०, २०८१ मा प्रकाशित | 355 views


सातबिसे । सरकारी सेवा प्रवाहलाई गाँउगाँउमा पुराउन नसकेको समयमा निजीस्तरबाट सञ्चालनमा आएका सेवाग्राहीलाई प्रशासनले यो वा त्यो बाहनामा थप दुःख दिने गरेको तथ्य मंगलबार नुवाकोटमा देखिएको छ । फुर्सदको समयमा के गर्ने भन्ने बाहनामा विदुरबाट निस्केको केही सरकारी कर्मचारी सहितको अनुगमन समितिको नामका टोलीले मंगलबार नुवाकोटको मुख्य बजार क्षेत्रमा देखिएका प्रशस्त बेथितीलाई वेवास्था गर्दै तादी–४ सातबिसेमा डढिया थाप्न पुगेको छ ।

जिल्ला प्रशासनको सहायक प्रजिअ कृष्ण प्रसाद हुमागाई सहितको टोलीले इलका प्रशासन कार्यालयबाट १०० मिटरको दुरीमा तीन वर्षदेखि सञ्चालनमा रहेको अस्पतालको कागजात नभएको भन्दै बन्द गर्न चेतावनी दिएको छ । अनि २० हजार रुपैया जरिवाना सुनाएको छ । उक्त अस्पतालले विगत ३ वर्षदेखि सोही स्थानका बिरामीलाई सेवा दिदै आएको, दिएको सेवामा कुनै कैफियत नभएको, कागजात प्रमाणित भएर नै सञ्चालनमा आएको थियो । तर, अनुगमनको टोली पुग्दा कागजात भेट्टिएन, चित्त बुझ्दो भएन भनेर प्रश्न उठाएको छ ।

उक्त स्थानमा रहेका उद्योग तथा प्रतिष्ठानहरुमा इलाका प्रशासनले पनि अनुगमन गरेको हुन्छ, स्थानीय सरकारले पनि अनुगमन गर्दै आएको छ । तर, जिल्लाबाट गएका हुलहरुले काम देखाउनको लागी निर्वाध रुपमा कानूनी प्रक्रिया पूरा गरेर सञ्चालन गरेर आएको अस्पताल जस्तो संवेदनशील सेवामा जरिवानाको बाहनामा प्रश्न उठाएको छ ।

जनताको स्वास्थ्य उपचार गर्ने थलो संवेदनशील हुनुपर्छ । अनुमति लिएको र जिम्मेवार कर्मचारी बस्नुपर्छ तर, अहिले अस्पतालको रुपमा सञ्चालिन उक्त सस्ँथा पोलिक्लिनिकको रुपमा आफ्नो सेवा परिवर्तनको लागी कागजात सहित सरकारी कामको प्रक्रियामा कागजात नभएको मौका बनाई प्रशासन सहित स्वास्थ्य कार्यालयका प्रतिनिधिले गज्जबको ढडिया थाप्न सफल भएका छन् ।

अस्पतालका सञ्चालकले अस्पताल सञ्चालनसंग सम्पूर्ण आफ्नो कागजातहरु रहेको र स्थानीय प्रशासन तथा जिल्ला प्रशासनले माग गरेको अबस्थामा पेश गछौ अहिले सरकारी कामको शिलशिलामा पेश गर्नको लागी फाइल लिएर आफूहरु काठमाडौ आएको भन्दा अनुगमन टोलीले उल्टै सम्पर्कमा नरहेको भन्ने बाहना बनाई अस्पताल सञ्चलानमा अबरोध गरेको हो । उक्त कार्यको स्थानीयबासीले बिरोध गरेका छन् ।

अस्पतालको सेवा आकस्मिक र अर्को बिकल्प नहुदाँ मानिसले सेवा पाउन नै नसक्ने भन्दै सञ्चालकलाई कागजात पेश गर्नको लागी सयम दिनुपर्ने भन्दै अनुगमन टोली बिरुद्ध आक्रोश समेत पोखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web