रामतीमा जारी निःशुल्क स्वास्थ्य शिविर आइतबारसम्म चल्ने

फाल्गुन १७, २०८१ मा प्रकाशित | 489 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ रामतीमा विशेषज्ञ चिकित्सक, उच्चस्तरीय प्राविधिमा बिरामी जाँच एंव परीक्षण सहित निःशुल्क औषधि सेवा उपलब्ध गराई जारी रहेको स्वास्थ्य शिविरको दोश्रो दिनको समाप्त भएको छ । तीनदिनसम्म चल्न शिविर भोलि आइतबारसम्म चल्ने छ ।

शुक्रबार सुरु भएर आइतबारसम्म शिविर चल्ने भएकाले रामती बजार आसपास सहित विशेष गरेर दुप्चेश्वर गाँउपालिकाको सम्पूर्ण वडाका बासिन्दालाई शिविरमा जाँच गराई सेवाको लाभ लिन उक्त शिविरमा बिरामी जाँचको लागी खटिनुभएका त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले अनुरोध गर्नुभयो ।

रामती बजार स्थित दुप्चेश्वर माध्यमिक विद्यालयमा शुक्रबारदेखि सुरु भएर आइतरबासम्म चल्ने शिविरको मुख्य आयोजक ड्रिम पाथ फाउण्डेशन नेपाल रहेको छ । शिविरमा त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा सहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी मार्फत बिरामीको जाँच एंव परीक्षण, स–साना प्रकृतिका शल्यक्रिया, रगत जाँच, भिडियो एक्सरे लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

आयोजक ड्रिम पाथ फाउण्डेशन नेपालका प्रतिनिधि दामोदर प्याकुरेलको अनुसार शिविरमा स्त्रीरोग सम्बन्धिको सम्पूण सेवाहरु, ल्याब सम्बन्धिका सेवाहरु, जलरल सेवाहरु, दन्त परीक्षण, रेडियोलोजिष्ट, नाक कान र घाटी सम्बन्धिको सेवाहरु, पत्थरी, हाइड्रोसिल, हर्निया, गाठागुठीको शल्यक्रिया सेवा, बालरोग सम्बन्धिको सम्पूर्ण जाँच हुने र चिकित्सको सिफारिसमा निःशुल्क औषधि समेत उपलब्ध रहेको छ ।

शिविरमा पहिलो र दोश्रो दिनसम्म ३५० जना बिरामीबाट विभिन्न रोग सम्बन्धिको स्वास्थ्य जाँच एंव परीक्षण गराई औषधि लिएका छन् । अन्तिम दिन भोलि आइतबार दिनभर सेवा सञ्चालन हुने भएकाले बाँकी रहेका बिरामीहरुले लाभ लिन गाँउपालिका अध्यक्ष शंकरबहादुर थापाले आग्रह गर्नुभएको छ । शिविर सञ्चालन र सेवा प्रवाहका सम्बन्धमा शनिबार गाँउपालिका अध्यक्ष थापा, उपाध्यक्ष माकुरी तामाङ, त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायतबाट स्थलगत अवलोकन गर्दै शिविर सञ्चालनको व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउन सहजिकरण गर्नुभयो ।

शिविर सञ्चालनको लागी कर्पोरेशन सोसाइटी नेपाल, दुप्चेश्वर स्काउट, दुप्चेश्वर युवा क्लब, शिविर सञ्चालन भइरहेको दुप्चेश्वर मावि लगायतले सहआयोजक तथा सहयोगीको रुपमा सेवा पुराउदै आइरहेका छन् ।

शिविर सञ्चालन सम्बन्धि थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web