सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

माघ १७, २०८१ मा प्रकाशित | 309 views


काठमाडौँ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेकाे छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web