
त्रिशूली । ‘मध्येपहाडी लोकमार्ग’ अन्तरगत ‘गंगटे–ढिकुरे सडक खण्ड’को विदुर–२ शेरा स्थित सडक विस्तारका क्रममा सडक दायाँबायाँ परेका घरटहराको क्षतिपूर्ति कम भएको भन्दै स्थानीय प्रभावित घरपरिवारबाट सडक विस्तारमा भइरहेको अबरोध हटेको छ ।
उक्त स्थानमा देखिएको समस्याको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठबाट विभिन्न समयमा भएको स्थलगत अवलोकन र प्रभावित घरपरिवारसंगको छलफल मार्फत् समस्या समाधान गरिएको हो ।
प्रभावित बासिन्दाबाट उचित क्षतिपूर्तिको माग राख्दै आएकोमा विदुर नगरपालिकाको तर्फबाट त्यसमाथी सम्बोधन गर्दै सडक विस्तारको लागी स्थानीयबासीसंग सहमति जुटेको विदुरका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार नगरपालिका र प्रभावित बासिन्दाबीच भएको सहमतिसगैँ विदुर–२ बाट लिखु–१ प्रस्थान गर्ने स्थान शेरामा सडक विस्तारको लागी भइरहेको समस्या समाधान गर्दै तत्कालै सडक स्तरउन्नती एंव व्यवस्थित गर्नको लागी अबरोध हटेको छ ।
योसगैँ उक्त स्थानमा तत्कालै सडक व्यवस्थित हुने बताइएको छ ।
20.23¡ÆC