बागमती प्रदेस सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा डा. लामा चयन

पुस ११, २०८१ मा प्रकाशित | 370 views


नुवाकोट । बागमती प्रदेशको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटको डा.शान्ति लामा नियुक्त हुनुभएको छ ।

(सिटिइभिटी) को प्रमुख कार्यकारी निर्देशकको लागी खुला प्रतिस्पर्धामा डा.लामा छनोट हुनुभएको हो । प्रदेश सरकारले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी निर्देशकका लागि लिएको परीक्षा तथा क्षमता र दक्षताको आधारमा नुवाकोटको म्यागङ गाँउपालिका–४ किम्ताङ निवासी डा.लामा लाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले छनोट (नियुक्त) गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दर्खास्त आह्वान गरी परिक्षा तथा अन्तरवार्ता मार्फत नियुक्तिका लागि सिफारिस भएका ३ जना उम्मेदवार मध्ये उहाँ सिफारिसमा पर्नुभएको हो । यसअघि नुवाकोटको म्यागङ गाँउपालिकाको उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएका उहाँ पिएचडी उर्तिण विद्धान (डाक्टर) उपाधि हासिल गरिसक्नुभएकाले पनि अन्य उम्मेदवारलाई पछि पादै प्रमुख कार्यकारी निर्देशकमा छनोट हुन सहजै सफलता मिलेको हो ।

खुला प्रतिस्पर्धा मार्फत प्रमुख कार्यकारी निर्देशक छनोट :
मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।

समितिको सिफारिस अनुसार प्रदेश सरकारको आगामी मन्त्रिपरिषद बैठकले प्रमुख कार्यकारी नियुक्त गर्ने तयारी गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद्ले जनाएको छ । उक्त पदमा ७ जनाको दर्खास्त परेकोमा सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्टमा गरेको थियो । सर्टलिष्टमा परेका ५ उम्मेदवारको गत पुस १ मा अन्तरवार्ता भएको थियो । उक्त अन्तवार्ताको नतिजा अनुसार प्रमुख कार्यकारी निर्देशक पदका लागि ३ जनामा उहाँ सफल उम्मेदवार बन्नुभएको हो ।

सिफारिस समिति उहाँ सहित मध्यपुर ठिमी नगरपालिका–९ का बद्रीप्रसाद दहाल र भरतपुर–१०, चितवनका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो । अन्तरवार्तामा छनोट भएका मध्ये भरतपुर–१, चितवनका रमेश रिमाल र मन्थली, रामेछापका नविनराज दाहाल अनुर्तिण भएसगैँ तीन जनाको नाम सिफारिसमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web