धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना

मंसिर २३, २०८१ मा प्रकाशित | 197 views


काठमाडौँ । धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान ग्यास बुलेट सडकबाट तल खसेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

भारतीय ग्यास बुलेटमा रहेका चालक र सहचालकको अवस्था थाहा हुन सकेको छैन । बुलेट दुर्घटना भएको ठाउँ वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web