त्रिशूली अस्पतालमा नाक, कान, घाटी(ENT)को विशेषज्ञ सेवा ७५ जनाले लिए

मंसिर २३, २०८१ मा प्रकाशित | 1699 views


त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले शनिबार आयोजना गरेको नाक, कान र घाटी (ENT)को स्वास्थ्य जाँच शिविरमा ७५ जना बिरामीले सेवाको लाभ लिएका छन् ।

त्रिशूली अस्पतालले विशेषज्ञ चिकित्सक मार्फत निःशुल्क जाँच शिविर सञ्चालनको लागी ५० जना बिरामीलाई सेवा पुराउने लक्ष्य भएपनि अपेक्षा भन्दा धेरै बिरामीले स्वास्थ्य जाँच गराएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नाक, कान र घाटीको जाँच गर्नको लागी वीर अस्पतालमा कार्यरत रहनुभएका नाक, कान र घाटी रोग विषेशज्ञ डा.सुदिन कायस्थ सहितको टिमबाट सेवा दिइएको हो ।

निःशुल्क शिविरमा सेवा लिने बिरामी मध्ये अधिकांश बालबालिकाहरुको सहभागिता रहेको थियो । जाँच गराउन आएका बिरामी केहीको शल्यक्रिया समेत गर्नुपर्ने देखिएको हुदाँ आगामी दिनमा निःशुल्क जाँच सहित सहुलियत शुल्कमा शल्यक्रिया सेवा समेत त्रिशूली अस्पतलाबाट नै दिने योजना समेत बनाइएको छ ।

नाक, कान र घाटीको बिरामीको जाँच त्रिशूली अस्पतालमा उपलब्ध भएपनि विशेषज्ञ चिकित्सको लागी काठमाडौ नै जानुपर्ने बाध्यता भएसगैँ अस्पतालले विशेषज्ञ चिकित्सक मार्फत पहिलो पटक सेवा दिएको हो ।

अस्पतालले दिएको सेवाबाट बिरामी जाँच गर्न काठमाडौमा नै जानुपर्ने बाध्यतामा रहेका बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएसगैँ आगामी दिनमा महिनाको दुई पटक शिविर सञ्चालन गर्न लागिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नाक, कान घाटीको निःशुल्क जाँच सहित स्वास्थ्यमा समस्या देखिएर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा नै सेवा दिन त्रिशूली अस्पतालले नै आवश्यक तयारी अघि बढाएको छ ।

नाक, कान र घाटीको समस्या अन्तरगत कानको जाली, टङशिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र मासु पलाएका बिरामीको शल्यक्रिया सहुलियत शुल्कमा त्रिशूली अस्पतालबाट नै उपलब्ध गराउन लागिएको हो ।

-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web