अध्यक्ष शिव अधिकारी (अविरल)बाट अपाङ्गता भएका व्यक्तिलाई न्यानो बनाउन ४० थान हिटर दिने घोषणा

मंसिर १८, २०८१ मा प्रकाशित | 332 views


त्रिशूली । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तारकेश्वर गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले अपाङ्गता भएका व्यक्तिलाई न्यानो बनाउन ४० थान हिटर तत्कालै उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको लागी जाडोयाममा हुने चिसोको असरले पुग्ने स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै गाँउपालिका भित्र बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै ४० थान हिटर उपलब्ध गराउने अध्यक्ष शिव अधिकारी (अविरल)ले  प्रतिबद्धता जनाउनुभएको हो । उक्त घोषणा छिट्टै कार्यान्वयनमा ल्याउन उहाँले मातहतलाई निर्देशन समेत दिइसक्नुभएको छ ।

यसैबीच, मंगलबार आयोजित अन्तर्राष्ट्रिय अपाङ्ता दिवसको अवसरमा अपाङ्गता मानव अधिकार मन्च नुवाकोटको आयोजना र वागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिविकोपार्जन कार्यक्रम अन्तर्गत तार्केश्वर गाउँपालिका वडा न १ मा वास्तविक पहिचानको आधारमा अपाङता भएका १० जनाको लागि अध्यक्ष अधिकारीले बाख्रा प्रदान गर्नुभएको छ ।

अपाङ्गता भएर जिविकोपार्जनमा आर्थिक समस्या भोग्दै आएकाहरुलाई बाख्रा पालन मार्फत आम्दानीको श्रोत बृद्धि गराउन बाख्रा प्रदान गरिएको उहाँले जानकारी दिनुभएको छ ।

अध्यक्ष अधिकारीले आफू निर्वाचित भएर आएसगैँ अपाङ्गता भएका व्यक्ति सहित समुदायमा पछि परेका समूह, वर्ग एंव परिवारको लागी विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले आगामी दिनमा पनि माग अनुसारको सहयोग पुराउन गाँउपालिका तयार गरेको प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त कार्यक्रममा वडा नं १ का अध्यक्ष चक्र तामाङ, गैह्रसरकारी सँस्था महासंघ नुवाकोटको अध्यक्ष तथा अपाङ्गता मानव अधिकार मन्च नुवाकोटका सचिव लोचन भट्टराई लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web