शीतलनिवासमा चार देशका राजदूतले लिए शपथ

मंसिर १६, २०८१ मा प्रकाशित | 327 views


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका राजदूतहरूलाई शपथग्रहण गराएका छन्। आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि डा शैल रुपाखेती, साउदी अरबका लागि डा नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथग्रहण गरेका हुन्।

शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत उपस्थित रहेको जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web