व्यवसायीहरुले सोधे-‘यो देश उद्योग कलकारखाना बनाउने देश कि मन्त्री र नेता उत्पादन गर्ने ?

साउन ८, २०७३ मा प्रकाशित | 846 views

खोजक हरि-८ साउन, भक्तपुर ।
देशभरबाट प्रतिनीधित्व गर्दे भक्तपुरमा भेला भएका उद्योगी/व्यवसायीहरुले देशका प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरुसँग सोधेका छन्, ‘ यो देश उद्योग कलकारखाना बनाउने देश कि मन्त्री र नेता उत्पादन गर्ने देश ?
देशको अस्थिर राजनीतिका कारण उद्योग र व्यवसायलाई सोचेअनुरुप काम गर्न नसकेकोमा असन्तुष्ट बनेका ती उद्योगी व्यवसायीहरुले नेताहरुसमझ त्यस्तो प्रश्न गरेका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं तथा केन्द्रीय महिला उद्यमी समितिको २० औं राष्ट्रिय अधिवेशन २०७३ बाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उद्योगीहरुले उद्योगको विकास तथा उद्यमीले भोगिरहेका समस्याहरु समाधान गर्नका लागि सहरकारले पहल नगरेको बताए ।

‘देशको विकासको लागि उद्योगको आवश्यकता अपरिहार्य छ तर राजनीतिक खिचातानीले उद्योगहरु क्रमशः धरासायी बन्दै गइरहेको छ,’ नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याप्रसाद गिरीले भने, ‘उद्योगका समस्या समाधान गर्नका लागि सरकारले यथासक्य छिटो पहल गर्नुपर्छ, सरकारको स्थायित्व हुनु जरुरी छ ।’

उनी लगायत उपाध्यक्षहरु क्रमशः उमेश सिँह, चन्दकृष्ण श्रेष्ठ, शोभा गुरुङ, प्रकाश कायस्थ तथा महिला उद्यमी समितिका अध्यक्ष शिवा उपाध्यायले ९÷९ महिनामा फेरिने अस्थिर सरकारको कारण उद्योगको वातावरण नभएकोले थुप्रै युवाहरु रोजगारीको लागि खाडी मलुक जान बाध्य भएको बताएका थिए ।

कार्यक्रममा सहभागी उद्यमीहरुले सरकारले उद्योगमैत्री वातावरण सिर्जना नगर्दा संविधान जारी भइसकेर पनि उद्योगीहरुको उद्योग फस्टाउन नसकेकोप्रति गुनासो मात्र गरेनन्, उद्योगमैत्री वातावरण बनाउन पनि माग गरेका थिए ।
‘उद्योग नीति आएको लामो समय भइसक्दा पनि उद्योग ऐन नआउँदा उद्योगीहरु अन्योलमा छन्, अझ अस्थिर राजनीतिले उद्योग व्यवसायमा मात्र नभएर देशकै विकासमा पछि परिरहेको छ ।’ नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले भने ।

कार्यक्रममा उद्यमी तथा उपाध्यक्ष मोहन कटुवाल, हरिहर थापाले उद्यम गर्नकालागि सीपको विकास गर्नुपर्ने, बजारको प्रत्याभूति दिन सक्नुपर्ने,  नयाँ प्रविधिको विकास गर्नुपर्ने तथा स्वदेशी वस्तुलाई प्राथमिकता दिनपर्नेमा जोड दिए । कार्यक्रम आयोजक संघका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web