
नुवाकोट । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकसँगको सम्बन्ध सुधार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले उक्त नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई प्रशंसापत्र समेत प्रदान गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए ।
प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिइएको समेत उनले उल्लेख गरे ।
नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।
18.69¡ÆC