गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

कार्तिक २७, २०८१ मा प्रकाशित | 187 views


काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौबाट पक्राउ परेका छन् ।

मनाङेलाई आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक एवम् प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराउने तयारी छ ।

मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web