छहरेमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

कार्तिक १६, २०८१ मा प्रकाशित | 248 views


नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ घाइते भएको र ग्रिनसिटी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web