काठमाण्डौ महानगरका ४६ वटा ठाउँबाट स्वदेशी फूलको माला बिक्री हुने

कार्तिक १३, २०८१ मा प्रकाशित | 262 views


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री/वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री/वितरणको व्यवस्थापन गरेको छ । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री/वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।

गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानलाई सहज बनाउन आवश्यक पहल गरिएको मेयर बालेन्द्र शाहले बताउनुभयो ।

त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री/वितरण नगर्न महानगरले अनुरोध गरेको छ । लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web