पहाडी भागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

कार्तिक १३, २०८१ मा प्रकाशित | 157 views


काठमाडौँ । देशका धेरै ठाउँमा आजको मौसम सफा छ । तर पहाडी भागमा केही ठाउँमा मौसम आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत पहाडी भागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जिब अधिकारीका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन । अबको तीन दिन र तिहारको मुख्य दिन भाइटीकासम्म मौसम यस्तै रहने पूर्वानुमान छ ।

भाइटीकाको दिन कतै कतै पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पूर्वी भागमा छिट्पुट पानी पर्न सक्ने अनुमान छ । तर यसबारेमा मौसम विभागले आधिकारीक बुलेटिन निकालेर जानकारी गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web