तारकेश्वरमा असोज १४ देखि भत्ता वितरण, सहज रुपमा प्रदान गर्न अध्यक्ष अधिकारीको निर्देशन

अशोज १३, २०८१ मा प्रकाशित | 360 views


दाङसिंह । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी (अबिरल)ले चाडपर्व अघि नै सामाजिक सुरक्षा भत्ता बापत उपलब्ध गराउने भत्ता रकम प्रदान गर्न निर्देशन दिनुभएको छ ।

नजिकिदै गरेको दशै तिहार लगायतका पर्वको लागी खर्च गर्न सहज होस भन्ने उद्देष्यले अध्यक्ष अधिकारीले असोज १४ गते सोमबारदेखि सामाजिक सुरक्षा भत्ता बापतको रकम उपलब्ध गराउन पालिका मातहतको शाखालाई निर्देशन दिनुभयो । असोज १४ देखि सबै लक्षित वर्गलाई भत्ता रकम उपलब्ध गराउन र सगसगैँ जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ पनि एकैसाथ सुरु गर्न अध्यक्ष अधिकारीले पञ्जीकरण शाखालाई निर्देशन दिनुभएको छ ।

असोज १४ गते सोमबारदेखि सुरु हुने भत्ता वितरण कार्यक्रममा आ–आफ्नो वडा–वडामा सक्रिय रूपमा खटिएर सहयोग र सहजीकरण गरिदिन अध्यक्ष अधिकारीले वडा अध्यक्षहरूलाई पनि आग्रह गर्नुभएको छ ।

अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाले हरेक ३-३ महिनामा वडा–वडामा पुगेर कार्यक्रम गरी सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण सेवा उपलब्ध गराउने कार्यक्रम तय गरिएको छ ।

गत वर्षदेखि अध्यक्ष अधिकारीले सुरु गरेको उक्त कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुले समयमा नै हातहातमा भत्ता रकम प्राप्त गर्न र उनीहरुको स्वास्थ्य परीक्षण, जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्न, गाँउपालिकाको जनप्रतिनिधिसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न तथा आफ्ना गुनासो एंव सुझाबहरु राख्ने अवसर प्राप्त गर्दै आएका छन् ।

तारकेश्वर गाँउपालिकाले सुरु गरेको उक्त कार्यक्रम निकै प्रभावकारी भएसगैँ नुवाकोटको अन्य पालिकाले पनि सोही अनुसार अनुसरण गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web