गोरखाको लापुबेंसीबाट काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन

अशोज १३, २०८१ मा प्रकाशित | 196 views


काठमाडौँ । गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट अस्ति शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहीन भएको हो ।

दरौदी यातायात प्रा.लीका नारायण खत्रीले खोजीका लागि अनुरोध गर्नुभएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web