सहकारी बचत रकम दुरुपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

भदौ ३१, २०८१ मा प्रकाशित | 301 views


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ पेस पेश गर्नुभएको हो । संसदमा प्रतिवेदन पेश गर्नुअघि समितिले प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत राखेका छैन ।

सहकारीको रकम हिनामिनाको अध्ययन अनुसन्धान गर्न गएको जेठ १५ गते समिति गठन भएको थियो । समितिले १४ वटा बैठकमा चार सय जनाभन्दा धेरै व्यक्तिसँग सोधपुछ र सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन गरेर प्रतिवेदन तयार पारेको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे समितिको प्रतिवेदनमा के छ भन्ने विषय अझै बाहिरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web