ठेकेदारको लापरबाहीले मध्येपहाडी सडकको ‘डेउडी–भ-याङभुरुङ खण्ड’ अबरुद्ध

भदौ ३०, २०८१ मा प्रकाशित | 288 views


त्रिशूली । मध्येपहाडी लोकमार्ग अन्तरगत नुवाकोटको डेउडी–भ-याङभुरुङ खण्डमा आइतबार रातीको अबिरल वर्षाले क्षति पु-याउदा आउजाउ प्रभावित भएको छ ।

निर्माण व्यावसायीले समयमा काम नगर्दा ‘अलपत्र’ परेको सडकमा विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङहुदै गोरखा जाने सडक अबरुद्ध भएको हो ।

बाढीले क्षति पु-याउदाँ करीब चार किलोमिटर सडक आउजाउ गर्न सक्ने अबस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बासोबाँस गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पु-याएको विदुर– १३ का वडाध्यक्ष भरतबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन भने राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्र भित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउदा अबरुद्ध सडक सुचारु गर्न र जोखिममा परेका घरलाई सुरक्षित बनाउन समस्या भएको छ ।

“सडक सुचारु गराउन विदुर नगरपालिकाको ‘हेभी उकरण’ परिचालन गरेर अबरुद्ध रहेको आउजाउ सुचारु गराउने खोल्ने प्रयास भइरहेको छ ।” वडाध्यक्ष तामाङले भन्नुभयो “सडकहुदैँ बगेको खोलाले दायाँबायाँका घरमा पुराएको क्षति र आगामी दिनमा थप क्षति हुन नदिन के गर्ने भन्ने अन्योलमा छौ ।”

मध्येपहाडी लोकमार्ग अन्तरत नुवाकोटको विदुर–१३ डेउडीबाट सामरीभञ्याङहुदै धादिङको कटुञ्जेसम्म १३.५ किलोमिटर सडक कालोपत्र सहितको जिम्मेवारी लुम्बिनी/मृतसञ्जिवन जेबीले विसं. २०७५ असारमा जिम्मेवारी पाएको थियो ।

तीन वर्षभित्र कार्य सम्पन्न गरिसक्नुपर्ने गरेर रु ५० करोड ९६ लाखमा जिम्मेवारी लिएपनि पटक–पटक म्याद थप गरेर पनि अलपत्र बनाएको छ । उक्त सडक खण्डमा कालोपत्र गर्ने काम सुरु नै भएको छैन । कालेपत्र गर्न तयारी स्वरुप दुई वर्ष अघि ग्राभेल गरेर बेस तयार गरिएको थियो । तर, नियमित काम नहुदाँ उक्त ग्राभेलल पनि भलबाढीले बगाएर सडकमा ठूलो क्षति पु-याएको छ ।

मध्ये पहाडी लोकमार्ग अन्तरगत निर्माण व्यावसायीले समयममा काम नगरी अलपत्र छाडेको उक्त सडक खण्ड सहित नुवाकोटको चारवटा सडक खण्डको काम लक्ष्य अनुसार नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसिर–पुसमा बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्ग सम्मयात्राको क्रममा नुवाकोट आइपुग्दा उहाँलाई समेत ध्यानाकर्षण गराइएको थियो ।

–रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web