मनसुन भित्रिएयता २ सय १० जनाको ज्यान गयो

भदौ १२, २०८१ मा प्रकाशित | 294 views


काठमाडौँ । यस वर्षको मनसुन शुरू भएपछि अर्थात् गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी २ सय १० जनाको ज्यान गएको छ ।

यी घटनामा २ सय ७२ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी, पहिरोमा परेकामध्ये ५२ जना बेपत्ता भएका छन् । बाढीका कारण ४ सय ८ वटा घर डुबानमा परेका छन् । यस्तै ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्मा परी ९ सय ७२ वटा पशुचौपाया मरेका प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web