सुनको भाउ आज तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ

साउन ३०, २०८१ मा प्रकाशित | 248 views


काठमाडौँ । सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

एकै दिन हिजो तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ पुगेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ ।

चाँदीको भाउ आज तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web