नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि

साउन १९, २०८१ मा प्रकाशित | 228 views


काठमाडौँ । काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ‘ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले उज्वेकिस्तान ‘ए’ लाई २१–१७, २१–१४ ले पराजित गर्‍याे । नेपालले सबै पाँच खेलमा अपराजित रहँदै उपाधि जितेको हो । यस्तै पुरुषतर्फ नेपाल दोस्रो भएको छ । नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सेटमा पराजित भएर दोस्रो भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web