नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने

साउन १९, २०८१ मा प्रकाशित | 274 views


नुवाकोट । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
चिकित्सा शिक्षा आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल र सुझाब संकलन भइरहेको छ ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेकाले नेपालमा पनि त्यही गर्न लागिएको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषय पढ्न पाइने व्यवस्था गर्न लागिएको छ ।

अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था रहेको छ । कक्षा १२ मा विज्ञान विषय पढेकाले बिएस्सी नर्सिङ पढ्न पाइने व्यवस्था रहेको छ । एसइईपछि दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्थाले विद्यार्थीलाई अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने विश्वास आयोगले लिएको छ ।

अहिले नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जनाले नर्स उर्तिण गरेका छन् । त्यसमध्ये अधिकांश नर्स रोजगारको लागी विदेश जान बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web