विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव परिवारले बुझे

साउन १२, २०८१ मा प्रकाशित | 282 views


काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् ।

हिजो शुक्रबार ६ र आज शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ । विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडाको ​पनि मृत्यु भएको थियो ।

ती प्रहरी अधिकारीका अनुसार उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिनेछ ।

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web