सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारको गुनासो

साउन ११, २०८१ मा प्रकाशित | 209 views


त्रिशूली । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् । 
त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँग हिजो बिहीबार भएको भेटमा दिवंगत व्यक्तिका परिवारका सदस्यहरुले रोजगार सहितको आफूहरुले राखेको मागको सम्बोधनको लागी ध्यानाकर्षण गराएका छन् । 
पीडित परिवारहरुले राखेको मागमा मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उल्लेख गरिएको छ ।
हिजो बिहीबार अपरान्हसम्म बिमान कम्पनीको तर्फबाट कोही पनि भेट्न नआएको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए । हिजो दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले आफूहरुले राखेको माग पूरा नभए शव समेत बुझ्न नमान्ने बताएका छन् । 
यही बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाम नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं. २ माझीगाउँका नवराज आलेमगर सहित १८ जनाले ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सका कर्मचारी सहित उनीहरुको परिवारको सदस्य आफन्तहरु रहेको उल्लेख गरिएको छ ।  
 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web