एसईई पुनर्योगको नतिजामा ६२१ विद्यार्थी पास

साउन १०, २०८१ मा प्रकाशित | 206 views


काठमार्डाँ । राष्ट्रिय परीक्षा बोर्डले ११ हजार ४२६ विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको अंक पुनर्योग गरेको छ । उक्त संख्यामा पुनर्योग (रि–टोटलिङ) गर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

नन् ग्रेडेड भएका उनीहरू १.६ देखि ४ जीपीएसम्म ल्याएर उत्तीर्ण भएका छन् । पुनर्योगका निम्ति १८ हजार ६१२ जनाको अनलाइन आवेदन परेको थियो । तिमध्ये बोर्डले बुधाबारसम्म ११ हजार ४२६ जनाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

पुनर्योगका निम्ति आवेदन दिएकामध्ये ५ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको पौडेलले बताए ।

पुनर्योगका क्रममा उत्तरपुस्तिकामा अंक जोड्न, उत्तर जाँच गर्न, कम्प्युटरमा इन्ट्री गर्न, मार्कसिटमा राख्नलगायत प्रक्रियामा अंक छुटेको उनको भनाइ छ ।

विसं. २०८० को एसईईमा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ नन ग्रेडेड भएका थिए ।

नन ग्रेडेड भएका सबै विद्यार्थीका निम्ति साउन २३ गतेदेखि बोर्डले मौका परीक्षा सञ्चालन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web