काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल तेस्रो

साउन ८, २०८१ मा प्रकाशित | 361 views


काठमाडौँ । २० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल तेस्राे भएकाे छ ।

आज मालेमा भएकाे खेलमा नेपालले घरेलु टाेली माल्दिभ्सलाई तीन–शून्यकाे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–१० र तेस्राे सेट २५–१४ ले जित्याे ।

लिग चरणमा नेपाल पहिलाे खेलमा श्रीलङ्कासँग ३–१ र दाेस्राे खेलमा किर्गिस्तानसँग ३–० काे साेझाे सेटमा पराजित भएकाे थियाे । लिग चरणकाे अन्तिम खेलमा भने नेपालले माल्दिभ्सलाई ३–० काे साेझाे सेटमा हराएकाे थियाे । यस्तै नेपाल सेमिफाइनलमा किर्गिस्तानसँग ३–० कै साेझाे सेटमा पराजित भएकाे थियाे ।

२० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा उपाधिका लागि आजै श्रीलङ्का र किर्गिस्तानले खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web