
काठमाडौँ । नेपालमा मनसुनपछि बाढीपहिरोलगायत विपद्मा परेर १२८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी १२८ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चि म प्रदेशमा १४ जना गरी जम्मा १४३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चि३म प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ।बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिेम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् ।
बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७७९ घर परिवार विस्थापित भएका छन् ।
23¡ÆC